काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।


ADVERTISEMENT


चितवनको कुरिनटारमा आयोजित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको गोताखोर तालिम समापन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


‘सरकारले नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। शान्ति सुरक्षा र सीमाको रक्षा, विपदबाट बचाउनु प्राथमिकतामा छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा हुने आँकलन छ। त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक छ।’

कार्यक्रममा बोल्दै उनले खाँणले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए। यसअघि बंगलादेशबाट गोताखोर ल्याउनु पर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको उनको भनाइ छ।

गृहमन्त्री खाँणले भने, ‘बेमौसममा वर्षा भएर धनजनको क्षति हुने देशमा गोताखोर आवश्यक छ। हराएका मानिसहरुको उद्दारको लागि बंगलादेशबाट समेत गोताखोर ल्याउनुपर्ने अवस्था थियो। अहिले नेपाल्मै योग्य गोताखोर हुनु खुशीको कुरा हो।’

उनले शिक्षालयलाई आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउनका लागि गृह मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिए।

साथै उले चितवन, धादिङ, तनहुँ र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई विपदमा जनधनको क्षति रोक्न कोशिस गर्न पनि निर्देशन दिए। आवश्यक जनशक्ति र मेसिनका लागि सरकारले सहयोग गर्ने उनले बताए।

‘चितवन, धादिङ, तनहुँ, कास्कीका प्रजिअलाई आग्रह गर्छु– बर्सेनी पहिरोले जनधनको क्षति हुने भएकाले मिलेर समाधान गर्ने कोशिस गर्नुहोस्। आवश्यक मेसिन र जनशक्तिको व्यवस्था, बजेटको व्यवस्थापनको लागि गृहमन्त्रालयले समन्वय गर्नेछ।’

युएनडीपीको सहयोगमा २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिम दिइएको हो।