काठमाडौं – एउटा रोमान्टिक गीत ‘हे बिजुलीको तार तार  फुर्सद भए ए हजुर भेटौं शनिबार…’ बोलको गीतले धेरैले सुने । बिजुलीको तार र शनिबारको तुक्कामा तालमेल भए पनि जिन्दगीमा  खासै तालमेल थिएन ।


ADVERTISEMENT


तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकले बिजुलीको तार र शनिबार तालमेल गरे। उनको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।


ADVERTISEMENT

# # #


विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पार्यो ।

स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो । दिउँसो ११ बजेतिर उनि त्रिशूली गाउँपालिका–४ मा रहेको बिजुलीको टावरमा चढे । उनको आठ घण्टापछि हेलिकप्टरबाट उद्धार भयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।