काठमाडौँ– जथाभावी साइकल चलाउने दुई जना प्रहरी कारवाहीमा परेका छन् । फुटपाथ लगायत सार्वजनिक स्थानहरूमा साइकल चलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै बुधवार उपत्यका ट्राफिक प्रहरीले दुई जना साइकल चालकलाई कारवाही गरेको हो ।


ADVERTISEMENT


केहि समय अगाडि मात्रै स्वयम्भुको भर्‍याङबाट साइकल चलाएर तल ओर्लने क्रममा पैदल यात्री र साइकल चालक एक आपसमा ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटनालाई लिएर धेरै जनगुनासो आएपछि ट्राफिक प्रहरीले साइकल चालकलाई कार्यालयमा उपस्थित गराई उपयुक्त कारवाही गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #