काठमाडौँ– नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनले जग्गाको वर्गीकरण गरी स्थानीयलाई निकास दिन ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


बिहिवार एशोसिएनका अध्यक्ष सीताराम दाहाल, महासचिव कृष्णप्रसाद दाहाल तथा एशोसिएसनका पाटन इकाईका अध्यक्ष दीपक कुमार केसीले महालक्ष्मीका मेयर हरिगोविन्द श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् । सो क्रममा एशोसिएसनले भु–उपयोग ऐनको जग्गा धितोबन्धकी एवम् किनबेच सम्बन्धिको नियम स्मरण गराउँदै जतिसक्दो चाँडो जग्गाको किसिम छुट्याएर महालक्ष्मी नगरवासीलाई निकास गरिदिन मेयर श्रेष्ठलाई अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


ऐनअनुसार, स्थानीय तह (नगरपालिका वा गाउँपालिक)ले जग्गाको कित्ताकाँट गरी वर्गीकरण नगरेसम्म स्थानीयको जग्गा धितोबन्धकी तथा बिक्री वितरण गर्न पाउँदैनन् । यसका लागि स्थानीय तहले आधिकारिक रुपमा जग्गाको किसिम छुट्याइएको व्यहोरा सिफारिस गर्नुपर्ने नियममा उल्लेख छ ।

तसर्थ स्थानीय तहबाट जग्गाको वर्गीकरण नभएकै कारण महालक्ष्मी नगरवासी जग्गाको माध्यमबाट प्राप्त गर्न सकिने कर्जा तथा किनबेचको लाभांशबाट वञ्चित भएको भन्दै एशोसिएशनले मेयर श्रेष्ठलाई जग्गा वर्गीकरणमार्फत जनताको बाटो खुलाईदिन आग्रह गरेको हो ।

त्यसक्रममा एशोसिएशनले नगरपालिकालाई सम्बन्धित कानुनका कागजातहरु उपलब्ध समेत गराएको छ ।