काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी वैकल्पीक शक्तिका साथ आएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनर्स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


स्वतन्त्र उमेदवारको विजयीले दलहरुप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे ।

उनले आफ्ना एजेण्डलाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दाबी गरे ।