नयाँ दिल्ली –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आमाको १०० औं जन्मदिन मनाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री  मोदीले आमाको १०० औं जन्मदिनको अवसरमा  गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्।


ADVERTISEMENT

# # #


भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश गरेकी छन्। सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्।

प्रधानमन्त्री मोदीले केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए । उनकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छिन्।

नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ धेरै कार्यक्रममा भाग लिने उनको योजना छ। बीबीसी