काठमाडौं – विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसहित विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।


ADVERTISEMENT

# # #


भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।

तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैंया पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए।

तर अख्तियारले त्यो दावी अस्विकार गर्दै ६ करोड २४ लाख ६५ हजार रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ। कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री खरिदमा बदनाम भएको ओम्नी कम्पनीमा पनि उनी संलग्न रहेका थिए। अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ।