पोखरा – सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ । गएराति देखि आएको बाढीले पुलको फाउण्डेसन वालमा क्षति पुगेको पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए ।
पुल भासिएकाले पोखरा २५ र १९ को सडक सम्बन्ध छुटिएको उनले बताए । ‘करिब ७ वर्ष पहिले बनेको पुलको फाउण्डेसनमा क्षति पुगेको छ,’ उनले भने, ‘पुल भासिएर तल झरेको छ, आवतजावत रोकिएको छ ।’ पुल भत्किएमा पोखरा बजार क्षेत्रको खानेपानीमा समस्या हुने भएकाले क्षति न्यूनीकरणको पहल भइरहेको पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले जानकारी दिए ।