काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिव करिब पूर्व माओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे । उनले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छकि भन्ने खेलमा लागेको बताए ।

प्रचण्डले कर्मचारीहरुले राखेका बिषयहरुलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।