काठमाडौँ – संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सांसदहरुबीच चर्काचर्की भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवालाई उनको आसन्न अमेरिका भ्रमण र अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको सहभागिताबारे छलफलका लागि बिहान ८ बजे बोलाएको थियो । तर, प्रधानमन्त्री देउवा नआएपछि संसदीय समितिको अपमान गरेको भन्दै समितिका सदस्यहरुबीच चर्काचर्की भएको हो ।


ADVERTISEMENT

# # #


एमाले सांसद ईश्वर पोखरेलले संसदीय समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक रहेको बताए । यस्तै अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई वेवास्ता गर्ने छुट नभएको धारणा राखे ।

यता काँग्रेस सहितथ गठबन्धनका सांसदहरुले भने प्रधानमन्त्रीको समय व्यस्तताका कारण आउन नसकेको हुन सक्ने भन्दै बचाउ गरे । त्यसपछि बैठकमा प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकुल भएको भन्दै प्रस्ताव अघि बढे पनि त्यसमा काँग्रेस सांसदहरुले आपत्ति जनाए ।

सध्त्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच लामो समय विवाद र चर्काचर्की भएपछि समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने समेत निर्णय सुनाइन् ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरेको थियो ।