काठमाडौँ – नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ८ सय ६२ पीसीआर परीक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।