भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले वर्तमान सरकारलाई जोगाउन राप्रपाले सत्ता साझेदारी गरेको बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकार अप्ठ्यारोमा परेर निर्वाचन नहोला कि भन्ने लागेर पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी भएको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले स्थानीय तहलगायत तीनवटै तहको निर्वाचनलाई अब कसैले रोक्न नसक्ने बताउँदै उनले भने – “निर्वाचन सफल पार्न सबै निकायको सक्रियताको खाँचो छ ।”

राप्रपा संविधान संशोधनको विरोधमा नरहेको स्पष्ट पार्दै नेता राणाले संशोधनको विषय नयाँ शिराबाट सुरु गर्न सबैसँग आग्रह गरे ।

निर्वाचन आयोगमाथि राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर विवाद सिर्जना गरेको आरोप लगाउँदै उनले भने – “यसविरुद्ध राप्रपा सरकार र सडकबाट आन्दोलन गर्दै स्थानीय तहको निर्वाचनमा जाने छ ।”