काठमाडौं – दसैँ बिदापछि खुलेको धितोपत्र बजारमा पहिलो दिन नै सामान्य गिरावट देखिएको छ। दिनको सुरुवातमा उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अन्तिम समयमा ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झरेको हो।

बजार घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। मंगलबार ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर ३८ हजार ७८८ पटकको कारोबारबाट किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब २ करोड रुपैयाँ पुगेको छ।


ADVERTISEMENT

# #


कारोबारमा आएका कम्पनीमध्ये ९९ वटाको सेयर मूल्य बढ्दा १७१ वटाको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ। यसले समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गर्छ।

सेयर मूल्य बढ्ने कम्पनीमध्ये बेनी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। यसको विपरीत चिर्खाखोला जलविद्युत्को सेयर मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।


ADVERTISEMENT

#
#


कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

दसैँपछि खुलेको पहिलो दिनको बजारमा परिसूचक घटे पनि ४ अर्बभन्दा बढीको कारोबार हुनुले सेयर बजारमा लगानीकर्ताको गतिविधि कायम रहेको देखाएको छ।