काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।


ADVERTISEMENT


वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले ४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत मात्र पााए । यस्तै अर्का उम्मेदवार राजिव पौडेलले १ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाउँदा शेर्पाको प्यानलका शिक्षित पराजुलीले ४० ल्याए ।