काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ७ सय ३१ पीसीआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।