काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पेशा र व्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


महासचिव पोखरेलले राजनीतिमा योग्य हुन राजनीतिमै समर्पित हुनुपर्ने बताएका छन् । ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’ महासचिव पोखरेलले लेखेका छन् ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’


ADVERTISEMENT

# # #


महासचिव पोखरेलको उक्त टिप्पणी पूर्वपत्रकार रवि लामिछानेप्रति संकेत गरेको देखिन्छ । मंगलबार मात्रै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । लामिछानेको टिभि कार्यक्रम सिधा कुरा चर्चित थियो ।