काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायधीश र अधिवक्तालाई पक्राउ गरि अनुसन्धान गर्नुपर्ने भन्दै न्यापरिषद्मा निवेदन दर्ता गरेको छ ।


ADVERTISEMENT


पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरि थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो । निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


मुलुकका बिधिको शासन कायम गर्न पनि सवैलाई बराबरको कानून हुनुपर्ने राप्रपाले जनाएको छ ।