काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुने जनाएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे । उनले केही दिनहरु नभइ घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


प्रवक्ता खतिवडाले पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको जिकिर गरे । खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै एक व्यक्तिको सर्तले असर नपर्ने बताए ।

बैठकमा शुक्रबारबाट सुरु हुने पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी र १३ र १४ केन्द्रीय परिषद्को बैठकका बिषयमा छलफल भएको थियो ।