काठमाडौँ – काठमाडौंको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौंको थापाथलीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन् ।


ADVERTISEMENT


अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एशियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन् । फोहरलाई स्रोतमा बर्गिकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च गनुपर्ने बाध्यता भएको उनले बताइन् ।

हाल टुकुचा खोलाको जलाधार क्षेत्र ६ दशमलव ८ वर्ग किलोमिटर रहेको छ । काठमाडौंको व्यस्त भूभाग भएर बग्ने उक्त खोला अव्यवस्थित शहरीकरणले गर्दा प्रदुषित भएको ।