काठमाडौँ – असार १५ अर्थात धान दिवस बुधबार देशभर मनाइएको छ । असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।


ADVERTISEMENT


सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।


ADVERTISEMENT

# # #


संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै ।

यसै अवसरमा सरकारले राष्ट्रिय बाली बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९ औं धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेशिनबाट रोपाई गरेका थिए । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले समेत भक्तपुरमा मेसिनबाट धान रोप्दै धान दिवस मनाए ।

बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव ।

नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यस्तै सोहि अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ ।

लमजुङ बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य लगायत ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नं १ को भमकेमा आयोजना गरेको धान रोपाइँ कार्यक्रम ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३, बैरीयामा मेसीनबाट धान रोप्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी ।

पोखरा पर्यटन परिषदको आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम नेपाल पर्यटन बोर्डको प्रवर्दधनमा आयोजित १७औं असारे रोपाइँ महोत्सवको उदघाटन समारोहका सहभागी ।

ललितपुरको इमाडोलमा धानको विउसँग रमाउँदै बालिका ।

पोखरा–२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु।

पोखरा–२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै विदेशी पर्यटकहरु।

पोखरा–२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु।

पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालकहरु।

भक्तपुरको सिरुटारमा आयोजना गरिएको रोपाइँ महोत्सवमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मेशिनबाट धान रोप्दै ।

बागलुङ नगरपालिका–८ सिगाना, ओखलढुङगा फाँटमा आयोजना गरेको रोपाइँ उत्सवमा असारे गीतमा नृत्य गर्दै सहभागी ।

सबै तस्बिरहरु : रासस