काठमाडौं – एनआईसी एशिया बैंकले यही असार १२ गतेदेखि ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ।


ADVERTISEMENT


निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित गरी ल्याइएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्।

निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन्।

यसअघि बैंकले ५ वर्षसम्म  ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने सर्वाधिक उच्च ब्याजदर, तीन बीमा, तीन कर्जा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी २४ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनासमेत सञ्चालनमा ल्याएको छ।