काठमाडौँ – नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।