काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


राजस्व सचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


सिफारिस भएका ३ जनामध्ये मन्त्रिपरिषदले घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । उक्त पदमा नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दुई पटकसम्म आवेदन आह्वान गरेको थियो ।