काठमाडौँ – निर्वाचन आयोगले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । दल दर्ताका लागि परेको निवेदनको अध्ययन गर्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दर्ता गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।


ADVERTISEMENT


पार्टीको नाम स्वतन्त्र राखिएकाले अन्य स्वतन्त्र उम्मेदवारको अपमान भएको भन्दै रविको दलको नाम दर्ता गर्ने भन्दै निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । तर, आयोगले दल दर्ताका लागि परेको निवेदनकै अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो ।


ADVERTISEMENT

# # #


दल दर्ताको प्रमाणपत्र पाएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘आज औपचारिक रुपमा दल दर्ता भयो । हामीले दल दर्ताको प्रमाणपत्र पायौँ । यहाँहरु समक्ष यो खुसी साँट्न पाउँदा हामी अत्यन्त्र हर्षित छौँ ।’

यस्तै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी भने केही फेरबदल गरेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोलाकार भित्रको घण्टी चुनावचिन्ह दिएको छ । पार्टीले घण्टी मात्रै चुनावचिन्ह राखेर आयोगमा निवेदन दिएको थियो ।

रवि लामिछानेले पत्रकारिता त्यागेर असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै राजनीति तर्फ पाइला अघि सारेको थिए । उनले असार ७ गते नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।