काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक बसेको हो।


ADVERTISEMENT


स्थानीय निर्वाचनको समीक्षा र आगामी आम निर्वाचनका रणनीतिबारे छलफल गर्नका लागि बैठक बसिएको लोसपाका एक केन्द्रीय सदस्यले जानकारी दिए।


ADVERTISEMENT

# # #


बैठकमा संगठन निर्माण र पार्टीका विधान लगायतका अन्य विषयमा पनि छलफल हुनेछ। लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि नै आगामी निर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरिसकेको छ। यद्यपि कुन दलसँग कसरी अघि बढ्ने भन्नेबारेमा भने आजको बैठकमा छलफल अघि बढ्नेछ।