काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन्।


ADVERTISEMENT


शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई मल दिन नसकेको भन्दै राजीनामा मागेका हुन्।


ADVERTISEMENT

# # #


‘ मल पाउँदैन, तपाईंहरू चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ। मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई ? दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ?,’ उनले भने, ‘अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री भएर भत्ता खाऊ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर ? ’