काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ। आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको बैठकका लागि सातवटा एजेन्डा तय गरिएको छ।


ADVERTISEMENT


आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेन्डा तय गरेको थियो।


ADVERTISEMENT

# # #


प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुनेछ।