काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।
डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन् । खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ।
सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२स्३० बजे र साँझ ५स्०० बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।
क्रिकेटप्रेमी दर्शकहरूले डिसहोममार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन्। डिसहोमले एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ भन्ने स्लोगानका साथ आफ्नो सेवा क्रिकेटप्रेमी दर्शकहरूमा समर्पित गरेको जनाएको छ ।



























