काठमाडौं- कार्यक्रममा नेपाली कांग्रेस प्रदेश क्षेत्रीय उपसभापति राजु बानियाँ, वडा उपसभापति व्यञ्जन थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सहयोगदाता बानियाँले ज्येष्ठ नागरिक बा–आमाहरूसँग भेटघाट गरी उहाँहरूलाई टेलिभिजन हस्तान्तरण गर्न र उहाँहरूबाट आशीर्वाद ग्रहण गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताएका छन्। जीवनका लामो समय परिवार, समाज र राष्ट्रका लागि समर्पित गरेका अग्रज पुस्ताको सम्मान र सेवामा जोडिन पाउनु आफ्नो लागि गौरवको विषय भएको उनको भावना छ।


ADVERTISEMENT

# #


ज्येष्ठ नागरिकप्रतिको सम्मान केवल शब्दमा होइन, व्यवहार र कर्ममा देखिनुपर्छ भन्ने सन्देशसमेत बानियाँको यो सहयोगले दिएको छ। आर्थिक मूल्यका हिसाबले एउटा टेलिभिजन सामान्य सहयोग देखिए पनि ज्येष्ठ बा–आमाको दैनिकीमा खुसी, मनोरञ्जन र आत्मीयता थप्ने दृष्टिले यसको सामाजिक महत्त्व विशेष रहेको छ।

समाजका अग्रज पुस्ताको सम्मान, संरक्षण र सेवामा युवाहरूको सक्रिय सहभागिता आवश्यक भइरहेका बेला बानियाँको यो मानवीय पहल उदाहरणीय बनेको छ। किनकि ज्येष्ठ नागरिकका लागि सबैभन्दा ठूलो खुसी महँगो उपहार होइन, सम्मान, आत्मीयता र आफूलाई सम्झने आफ्ना मान्छेहरूको साथ हो।


ADVERTISEMENT

#
#