काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि योजना बनाएर काम गर्ने बताएका छन् । स्वास्थ्य पत्रकारहरुसंग शुक्रवार स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्य मन्त्री केसीले अहिलेपनि स्वास्थ्य क्षेत्रमा तमाम समस्या रहेको भन्दै कर्मचारीहरुसंगको समन्वयमा समस्याको हल गर्न केन्द्रित रहने बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘कार्यविभाजन गरेर काम गर्छौ । निस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न पर्यत्नशिल रहनेछु ।’ राज्य मन्त्री केसीले स्वास्थ्य संस्थाको सुधार, स्वास्थ्य विमाको सवलीकरण, अस्पतालहरुको सुदृढिकरण, विरामीमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘मैले अहिले विभिन्न विभाग र सम्बन्धित महाशाखाहरुमा व्रिफीङ्ग सुनिरहेको छु । कार्यविभाजन मार्फत काम हुन्छ । गुनासो नहुने गरी काम गर्न पर्यत्नशिल रहनेछु ।’


ADVERTISEMENT

# # #


आफूले काम गर्दा जहिलेपनि निश्कलंक भएर गर्ने जनाउँदै उनले भने, ‘नेपाली जनताको सिर निहुरीने गरी काम गर्ने छैन । धेरै यो काम गर्छु भन्दैन । आफ्नो तरीकाले दाग नलाग्ने गरी काम गर्छु । स्वास्थ्य सुधार मेरो पहिलो प्राथमिकता हो । ’