काठमाडौँ – नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन् । ३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ ।


ADVERTISEMENT

# # #


सो क्रममा मन्त्री कार्कीले आचारसहिंतालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने बताए । उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको उल्लेख गरे । आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे ।