काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुुरु गरियो ।


ADVERTISEMENT


औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुुरु औपचारिक क्षेत्रबाट गरिएको थियो । नयाँ युुगको सुरुवात भनेर घोषणा गरिएको कार्यक्रममै भनिएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो वर्ष औपचारिक र दोस्रो वर्षदेखि अनौपचारिक र स्वरोजगारको क्षेत्रमा लागू हुन्छ । घोषणा भएको चार वर्ष पूरा भइसकेको छ तर अहिलेसम्म अनौपचारिक वा स्वरोजगार क्षेत्र यसमा आबद्ध हुन सकेका छैनन् । गोरखापत्र दैनिकबाट ।