काठमाण्डौं-मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन । विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गरे । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।


ADVERTISEMENT

# # #


मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि सधैं कांग्रेसले जित्दै आएको थियो ।