गोबिन्द राज ओझा  (राजन)

कविता 


ADVERTISEMENT


ADVERTISEMENT

# # #



खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला ?
यो मनमा लागेको मायाको तिर्खा कहिले मेटिएला ।।

त्यो डाँडा, त्यो बस्ती घुमेर हिँड्दा यो मन तरङ्गित हुन्छ
उनीसँग घुमेका पलहरु सम्झेर मेरो मन रमाउँछ
उनको झल्को, उनको यादमा यो जिवन बित्ला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला ? ।।

पानी भर्न पधेँरीमा जान्थ्यो हामी त्यो पारि डाँडामा
तिमीले गाएको गीत गुन्जिरह्यो पिरतीको भाकामा
तिम्रो मिठो गीतले यो मेरो मन खिचेको बेला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला ? ।।

तिम्रो याद आएर खोज्न हिडे म तिम्रो गाउँमा
खोजी हिँड्दै गएपछि भेट भयो हाम्रो घरमा
तिमीसँग भेट भए यो मन खुसी भइरहला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला ? ।।