सिरहा – मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८-७९ मा २२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी  २२ करोड ४४ लाख ४० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।


ADVERTISEMENT


आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले एक करोड ७८ लाख ७० हजार पाँच सय रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले  तीन करोड ७५ लाख ५६ हजार रुपैयाँ, सप्तरीले दुई करोड १२ लाख ५१ हजार रुपैयाँ, धनुषाले एक करोड ९७ लाख ५७ हजार रुपैयाँ, महोत्तरीको  दुई करोड ५३ लाख १९ हजार ५०० रुपैयाँ, सर्लाहीले  दुई करोड १६ लाख ३४ हजार ५०० रुपैयाँ, बाराले  दुई करोड ४५ लाख ६८ हजार रुपैयाँ र पर्साले  दुई करोड ८५ लाख २१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट  १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । रासस