काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामदयाल राजवंशी नियुक्त भएका छन् । फरवार्ड सञ्चालक समितिको १२५ औं वैठकले आरएमडिसी लघुवित्त वित्तीय संस्थाका पूर्व डेपुटी सिइओ राजवंशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


संस्थाकी अध्यक्ष भगवती चौधरीका अनुसार संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । ‘संस्थाका संस्थापक प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले राजिनामा दिनुभएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा राजवंशीलाई नियुक्त गरिएको हो ।’ चौधरीले बताइन् ।


ADVERTISEMENT

# # #


मोरङ रंगेली स्थायी घर भएका राजवंशी विगत ३० वर्षदेखि लघुवित्त क्षेत्रमा सक्रिय रहेका छन् । आरएमडिसीमा डेपुटी सिइओ भएर रिटायर्ड भएका उनीसँग जर्मन सरकारको जिआइजेट नामक आइएनजिओमा लघुवित्त विशेषज्ञका रुपमा २ वर्ष काम गरेको अनुभव छ ।

यस्तै, त्यसअघि क्यानेडिएन सिइसिआईमा १ वर्ष लघुवित्त विशेषज्ञको कार्यानुभव भएका राजवंशी त्यसअघि बैंक अफ माल्दिभ्समा २ वर्ष माइक्रो क्रेडिटमा रहेर काम गरेका छन् ।

कृषि विकास बैंकमा कर्जा अफिसर समेत भइसकेका राजवंशीले अमेरिकाबाट इकोनोमिक्समा मास्टर्स तथा बैंककबाट ग्रामिण विकासमा मास्टर्स डिग्री गरेका छन् । उनले २०३९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत विएस्सी एग्रिकल्चरमा भाइसचान्सलर र महेन्द्र विद्याभूषण समेत प्राप्त गरेका छन् ।

नवनयिुक्त प्रमुख कार्यकारी अधिकृत राजवंशीले संस्थालाई अगाडी बढाउन आफु सक्रिय भएर काम गर्ने बताए । संस्थाको वस्तुस्थिति बुझेर संस्थालाई अझ उत्कृष्ट बनाउने, ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता दिँदै उद्यमशिलता, आर्थिक विकासका विभिन्न सिपमुलक तालिम दिन श्रोतहरु व्यवस्थापन गर्ने लगायतमा काम गर्ने बताए ।

संस्थापक सिइओ चौधरी राजिनामा दिएर गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनी संस्थामा झण्डै २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए ।