काठमाडौँ – नेपालमा थप ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ७ सय ७८ पीसीआर परीक्षणका क्रममा ४ सय १८ जना र १ हजार ६ सय ७६ एन्टीजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय २ संक्रमित निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा ३ हजार ९ सय २९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।