तनहुँ – तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए ।


ADVERTISEMENT


उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सय न्दा बढी बिरामी विभिन्न समस्याको लागि उपचारको लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार इमर्जेन्सीमा चार जना र ओपिडीमा तीन जनामा डेङ्गुका बिरामी भेटिएको उनले जानकारी दिए। एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डाक्टर रानाले बताए ।

अस्पतालमा ब्यास नगरपालिका वडा नं १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन् । जसमध्ये महिलाको सङ्ख्या अत्यधिक रहेको सो अस्पतालले जनाएको छ ।

बिरामीको लक्षणको आधारमा आइजिजी र आइजिएम परीक्षण गरिनेछ । उनले भने, ‘बिरामीको अवस्था गम्भीर भएको देखिएमात्रै अन्यत्र सम्बन्धित अस्पतालमा रिफर गरिनेछ । रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचको लागि पोखरा या काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको उनले बताए ।

दमौलीमा एक वर्ष अघि फाट्टफुट्ट मात्रमा डेङ्गुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेव मदन गौतमले बताए। डेङ्गु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उनले बताए । डेङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानको लागि चिकित्सकले सुझाव दिएका छन् । रासस