काठमाडौं – देशभर आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


ADVERTISEMENT


बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


ADVERTISEMENT

# # #


आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।