महोत्तरी – महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको १८ लाखको मदिरा प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ । रासस