काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


सहायक विदेशमन्त्री लुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो कुटनीतिक सम्बन्ध र आपसी सहयोग लगायतका विषयमा कुराकानी भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार साँझ नेपाल आएका सहायक विदेशमन्त्री लुले यसअघि आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए । लुलेले गत मङ्सिरमा नेपालको भ्रमण गरिसको थिए ।

यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।