काठमाडौँ– जलविद्युत् आयोजनाको लाइसेन्स लिएर पनि काम शुरु नगर्ने पीपीए रद्द गरिने भएको छ । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी हुन् ।


ADVERTISEMENT


कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोला÷नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरि कदम चालिने जनाएकी छन् । टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुदा बित्तिय जोखिम समेत देखिएकाले यस बिषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताइन् ।


ADVERTISEMENT

# # #


मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन् । सरकारले प्रस्ताव गरेको नयाँ बिधुत ऐनले बिधुत व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उहाले संसदको चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बितिकै केहि प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै औद्योगिक क्षेत्रलाई प्रयाप्त विद्युत् उपलव्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रीत रहेको बताए । ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने उनले जानकारी दिए । उनले अहिले बिधुतिय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै ट्रान्समिसनलाईनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको दाबी गरे ।