काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पद बहाली गरेका छन् । पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


उनलाई आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत वयक्ति प्रवेश गराएर करका दल हेरफेर गरेको आरोप लागेपछि शर्माले मन्त्रीबाट राजीनामा गरेका थिए ।


ADVERTISEMENT

# # #


उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । तर, छानबिन समितिले शर्माले अनाधिकृत व्यक्ति प्रवेश गराएको प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो । सफाई पाएपछि उनलाई प्रधानमन्त्री देउवाले पुनः अर्थमन्त्री बनाएका हुन् ।