काठमाडौं – स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न स्वास्थ्य व्यवसायी सङ्घले माग गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य व्यवसायी संघले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति समक्ष यस्तो माग गरेको हो ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालय मातहत रहेका स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग तथा देशभरका स्वास्थ्य संस्थाबाट खरिद भइरहेका स्वास्थ्य सामाग्रीमा चरम भ्रष्टचार भइरहेको समाचारहरु आइरहेको भन्दै सङ्घले समितिको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT

# # #


सङ्घले यस घटनामा समितिले तत्काल छानबिन समिति गठन गरी सत्य तथ्य उजागर गर्दै दोषी उपर कडा कारबाही गर्न माग गरेको छ ।

‘राज्यकोषबाट हुने कुनैपनि स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरीय एवं मितव्ययी बनाउन आवश्यक निति नियम तर्जुमा गर्न अनुरोध गर्दछौं’, सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

स्वास्थ्य सेवा विभागले खरिद गरेको स्वास्थ्य सामाग्रीमा ४१ करोड भन्दा बढी घोटाला भएको भन्ने समाचार पछिल्लो केहि दिनयता प्रकाशन र प्रसारण भइरहेका छन् ।