काठमाडौँ– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्धलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतले उनलाई हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।


ADVERTISEMENT


विप्लवसँगै अदालतले सोही पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।


ADVERTISEMENT

# # #


अदालतले उनीहरुलाई ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनेको छ।