झापा – झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।


ADVERTISEMENT


यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्याउन सकिन्छ ।


ADVERTISEMENT

# # #


दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना भइसकेको छ । “फोहोरबाट ग्यास उत्पादन त सुरु भयो तर यसको बजारीकरणमा राज्यको सहयोग चाहिन्छ,” नेक्स्ट इराका अध्यक्ष युवराज घिमिरेले भने ।  गोरखापत्र दैनिकबाट ।