काठमाडौँ– लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शेयरधनीलाई मुनाफा वितरण गरेको छ । क्यापिटलले मंगलबार लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘लक्ष्मी ईक्वीटी फण्ड’ र ‘लक्ष्मी उन्‍नती कोष’ दुवै योजनाका लाभांश आफ्ना शेयरधनीलाई वितरण गरेको हो ।


ADVERTISEMENT


यससंगै क्यापिटल गत आव २०७८/०७९ को मुनाफा वितरण गर्ने पहिलो संस्था बन्न पुगेको क्यापिटलका सिईओ राजीव सापकोटाले बताए । उनका अनुसार,  संस्थाको उचित मेहेनत तथा जिम्मेवारी बहन क्षमताकै कारण लक्ष्मी क्यापिटल खस्कदो अर्थतन्त्र र शेयर बजारको बाबजुद पनि सबैभन्दा पहिले लाभांश घोषणा गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


संस्थाले यसअघि २०७७/७८ मा पनि सबैभन्दा पहिले लाभांश घोषणा गरेको थियो ।