काठमाडौं – कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन ।


ADVERTISEMENT


तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ । करारमा रहेका जनशक्तिले नै धानिरहेको वीर अस्पतालमा जनशक्ति कम हुँदा आईसीयूरभेन्टिलेटर सञ्चालनमा समस्या परेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्रकुमार बस्नेतले बताए ।

उनले करारमा राखिएका स्टाफ नर्स हटाउने हो भने आईसीयू मात्र नभई अस्पतालका अन्य स्वास्थ्य सेवा पनि बन्द हुने बताए ।  गोरखापत्र दैनिकबाट ।