काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको अन्तिम फैसला नेपाली बैंकको पक्षमा आएको छ । चीनको हेनान् प्रान्तका उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौं (बीओको)को पक्षमा फैसला गरेको हो ।


ADVERTISEMENT


यससंगै यी दुई बैंकले ग्यारेन्टी बापतको कम्तिमा १ अर्ब ८२ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् । जसमा हिमालयन बंैकले मात्रै काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउनेछ ।


ADVERTISEMENT

# # #


विगत एक दशकदेखि विभिन्न अदालतमा चल्दै आएको यस मुद्दा यसअघि चीनको झेङ्गझाउ जिल्ला अदालतले सन् नोभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो । तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

जसमा हिमालय र बीओकोले सन् २००९ मा चाईना कन्सट्रक्सन बंैकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

अब भने यो मुद्दा यहि ट्ङ्गिएको छ । सो अवसरमा न्यायका लागि यति लामो समयसम्म अनवरत सहयोग गरेको भन्दै हिमालयन बंैकले सबैमा कृतज्ञता व्यक्त गरेको छ ।