काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा चूनावको तयारी र मितिका बारेमा छलफल भएको हो । कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन र तालमेलका बारेमा छलफल भएको र चुनावमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बिषयमा सहमति भएको बताए ।


ADVERTISEMENT

# # #


गठबन्धनको बैठक शुक्रबार बिहान पुन बस्ने र निर्वाचनका बिषयमा निष्कर्षमा पुगिने उनले बताए । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गर्ने निर्वाचन गर्ने प्रस्ताव गरेको र दलका नेताहरूले आ–आफ्ना दलमा छलफल गर्ने बताएको नेताहरुले जनाएका छन् ।

त्यस्तै गठबन्धनमा चुनावको मिति घोषणा गरेपछि संसदको अधिवेशन के गर्ने भन्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।